जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले गत असोज दोस्रो साता घर बगाएपछि छिमेकीको शरणमा बसेको अढाई महिना भइसक्यो । घरमा भएको १० मुरी मकै, १० मुरी तोरी र ३२ हजार रुपैयाँ नगदसहित एक तले पक्की घर बाढीले बगाएपछि आफूसहित पाँच जनाको परिवारसहित छमेकीको घरमा बस्दै आएका हुन् । ‘छिमेकीको घरमा दुई परिवार बस्न निकै कठिनाइ छ, छाप्रो हालेर बसौँ जाडो बढ्याबढ्यै छ, घर बनाउन सक्ने क्षमता छैन, बनाउन पनि कहाँ बनाउने घर बगाएको स्थानमा बनाउनुहुन्छ कि, हुन्न कसैले हेरिदिएका छैनन्,’ तिमल्सिना भन्छन् । तिमल्सिनाले जाडोकै कारण पाल हालेर घर बगेकै ठाउँमा बस्न नसकिएकाले एक दुई महिना शरणमै बस्नुपर्ने बाध्यता रहेको…