जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौँ : धर्म परिवर्तनका लागि प्रोस्ताहन दिन खोज्नेगरी एक चर्चमा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पाइएको छ । काठमाडौंको बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च) मा अस्तिदेखि सो शिविर सञ्चालन भएको पाइएको हो । त्यसरी चर्चमै अनुमति नलिएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको जानकारी पाएपछि नेपाल मेडिकल काउन्सिलले अनुगमन गरेको छ । अनुगमनका क्रममा अनुमति नलिएको भेटिएपछि काउन्सिलको टोलीले हिजो बिहिवारदेखि शिविर बन्द गराएको छ । बुधवारदेखि सञ्चालनमा आएको शिविरमा दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका भनिएका विदेशीहरुले चिकित्सकको भूमिकामा सेवा दिएका थिए । तर, शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको…