काठमाडौं: काठमाडौं महानगरपालिकाले अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा रोक लगाउने भएको छ । महानगरको यातायात प्रणाली सुधार गर्ने भन्दै पूर्ण रोक लगाउन लागेको हो ।
२९ औँ महानगर दिवस २०८० का अवसरमा आज आयोजित महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँमा अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका हुन् ।
उनले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए ।