धनगढी: कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका– २ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।मंसिर २० गतेको घटना भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार मात्र जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।