जाजरकोट: जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर सोमबार गएको भूकम्पका कारण जाजरकोट रिम्ना–खलंगा सडक खण्ड अवरुद्ध भएको छ।
सडक अवरुद्ध हुँदा कर्णालीका पर्यटनमन्त्री र सामाजिक विकास मन्त्री बाटोमै रोकिएका छन्। यस्तै, राहत पुर्याएर फर्किएका र राहत लिएर गइरहेका सवारी पनि रोकिएका छन्। सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो।
यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।