काठमाडौं । ज्योतिषमा कयौं राजयोगहरु हुन्छन् । कुण्डलीमा हुने राजयोगले व्यक्तिको जीवनमा परिणाम दिने ज्योतिषीय मान्यता रहेको छ । ज्योतिषमा रहेका राजयोग मध्ये आज चर्चा गरौं ग्रहरुको राजा सूर्यबाट बन्ने राजयोग उभयचरी योगका बारेमा ।
उभयचरि योगलाई एउटा उन्नत राजयोगका रुपमा ज्योतिषग्रन्थहरुमा उल्लेख गरिएको छ । परासर ज्योतिषमा यस योगमा जन्मने मानिसले राजातूल्य जीवन बाँच्ने उल्लेख गरिएको छ । कुण्डलीमा विभिन्न योगहरु रहेका हुन्छन् । त्यो मध्ये सूर्य बसेको घरको दोश्रो घर र द्वाद्श घर दुवैतिर चन्द्रमा, राहु वा केतु बाहेक अन्य कुनैपनि ग्रह भएमा त्यसलाई उभयचरि योग मानिन्छ ।
यस्तो कुण्डलीमा यो राजयोग भएपनि सूर्य र अन्य योग बनाउने ग्रहको शक्तिका अनुसार फलमा धेरे थोरै हुनसक्छ । सो अवस्थामा सूर्य र अन्य सहायक ग्रह उच्च, स्वराशी वा मित्रराशीमा भएमा योग शक्तिशाली हुने र निच वा शत्रु राशीमा भएमा फलमा गिरावट हुने मान्यता रहेको छ ।
उभयचरी योगले कस्तो प्रभाव पाछ ?
उभयचरी योगले व्यक्तिलाई न्यायप्रेमी, स्पष्टवक्ता, सहनशील र क्षमाशील बनाउने ज्योतिषग्रन्थहरुमा उल्लेछ । यस योगको प्रभावले व्यक्ति आफ्नै महेनेतले सफलता प्राप्त गर्ने, धेर्यवान र सम्पन्न हुने उल्लेख छ । यस योगमा जन्मने व्यक्तिको शरीर र मन दुवै सुन्दर हुने बताइएको छ ।