काठमाडौं, ३० भदौ ।काठमाडौंको गैह्रीगाउँमा ४ जनाको विभत्स हत्या भएको छ ।
सिनामंगल गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा शुक्रवार राति विभत्स हत्या गरिएको अवस्थामा पाइएको उपत्यका प्रहरीले जनाएको छ ।
हत्या हुनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीया सुमित्रा भुजेल, भुजेलकी श्रीमती शुभद्रा वाइवा र मोरंग घर भएका १९ वर्षीय नवीन राइ रहेका छन् ।
सो मिलमा कार्यरत ती सबैको के कारणले हत्या भएको हो भन्ने यकिन भएको छैन । प्रहरीले हत्यामा संलग्न भएका आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जनाएको छ ।
हत्याराले मादकपदार्थ सेवन गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान गर्न प्रहरी अधिकारीहरु र तालिमप्राप्त कुकुरलाई घटनास्थलमा खटाइएको छ ।