काठमार्डौ, २९ भदौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु अधिराज्य नेपालको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
अध्यक्ष कमल थापा लगायत नेताको नेतृत्वमा भएको प्रदर्शन भद्रकालीबाट रत्नपार्क आएर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले जनता आउ ,राजा ल्याउ, जनता आउ, हिन्दुराज्य ल्याउ, संघीयता खारेज गर भन्ने लगायतका नारा लगाएका थिए ।
सभामा अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था अन्त्य गरेर हिन्दु अधिराज्य घोषणा गर्न सबै एकजुट भएर संघर्ष गर्नुपर्ने बताए । थापाले डेढ दशकदेखि गणतन्त्रका नाममा ठूला भनिएका दलले देश कब्जा गरेर राखेको आरोप लगाए ।
राप्रपाले विरोध प्रदर्शन गरेको पर्सिपल्ट कमल थापा नेतृत्वको राप्रपा नेपालले ‘शक्ति प्रदर्शन’ गरेको हो ।
प्रकाशित मिति:
शुक्रबार, २९ भाद्र २०८०