काठमाडौं, २९ भदौ । राष्ट्यि प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नागार्जुन नगर कार्यसमितिले तीज कार्यक्रम सम्पन्न गरेको छ ।
फस्कुमा शुक्रवार आयोजित तीज कार्यक्रम मार्फत नेपाली मौलिक पहिचान, संस्कृती र परम्पराको संरक्षण तथा नारी अधिकारका सवालमा नयाँ जागरण ल्याउन खोजिएको राप्रमसं नागार्जुनले जनाएको छ । कार्यक्रममा राप्रपाका सहमहामन्त्री प्रकाश रिमाल, बागमती प्रदेशका राप्रपा संसदीयल दलका नेता उद्धव थापा लगायत नेता सहभागी भए ।
धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने पार्टी राप्रपामात्र भएको भन्दै नेताहरुले तीज कार्यक्रमलाई मौलिक र संस्कृति जगेर्नाका रुपमा अघि बढाउनुपर्ने बताए । तीज कार्यक्रमलाई सभ्य र शिष्ट बनाउन सकेमात्र यसको सार्थकता हुने नेताहरुको भनाइ छ ।
राप्रपाको भातृ संगठन राप्रमसंका विभिन्न तहगत कमिटिहरुले विभिन्न स्थानमा तीज कार्यक्रम आयोजना गरिरहेका छन् । केहीदिन अघि नयाँ बसपार्कमा आयोजित तीज कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन लगायत नेता सहभागी भएका थिए ।