काठमाडौं, १० भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले साउदी अरब पुगेर गएर दलहरुको चर्को आलोचना गरेका छन् ।
रियादमा आयोजित सयौं नेपाली सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले अझै कतिवर्ष काँग्रेस, कम्युनिष्टलाई सत्ता दिएमा देश बन्छ भनेर प्रश्न गरेका छन् । उनले नेपालको स्वाभिमान, स्वधर्म, सुशासनका लागि अबको एकमात्र विकल्प राप्रपा भएको बताएका छन् ।
सो कार्यक्रममा सयौं युवा राप्रपा प्रवेश गरेको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले राजमार्गलाई जानकारी दिए ।
हेरौं भिडियो ।