काठमाडौं, ३० साउन । राजश्व अनुसन्धान विभागले पक्रिएको एक क्विन्टल भनिएको सुन जर्दी काटेर ६० किलो ७ सय १६ ग्राम भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन गालिसकेपछि ६० किलो ७ सय १६ ग्राम भएको बताएका हुन् । महाशाखाले मंगलबार सुन गाल्ने क्रममा ७३ ग्राम चाहीँँ जर्दी गएको र ३४ वटा बिस्कुट बनेको प्रमुख आचार्यले बताए ।
१ सय ५५ किलो ब्रेक सुबाट निकालिएको सुनको परिमाण यसअघि एक क्विन्टल भएको अनुमान गरिएको थियो । ब्रेक शुबाट सुन निकालेपछि ६० किलो ७ सय उनान्असी ग्राम सुन नस्किएको थियो । विभागले बढिमा एकहप्तासम्ममा सुनको गुणस्तरका बारेमा पत्ता लगाएर खरिद प्रकृया सुरु गरिने बताए । गुणस्तरबाट आइसकेपछि सरकारले प्रकृयागत रुपमा अन्तराष्ट्रिय मुल्यमा सुन किन्ने परम्परा रहेको भन्दै प्रमुख आचार्यले यसपटक पनि सोही अनुसार प्रकृया अघि बढाइएको जानकारी दिए ।