काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी राप्रपाबाट कीर्तिपुर नगरपालिकाको रिक्त वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ का अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ का लागि बिजेश बस्नेतले उम्मेदवार दर्ता गराएका हुन् ।
यसअघि मेयरका लागि नेकपा एमालेबाट डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।