विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको आव्हान गरिएको छ । आजै नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वासले १ बजे, कांग्रेसका बलराम सरदारले २ बजे, माओवादीका नमोनारायण माझीले साढे २ बजे उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यस्तै जनमत पार्टी, रास्वपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाएजेसन, समावेशी समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गर्ने भएका छन् ।