काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले घटेको छ ।
महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार भने अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ६६ हजार कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य आइतबारको तुलनामा ५ रुपैयाँले घटेर तोलाको जम्मा १ हजार ९ सय ५५ कायम भएको छ । आइतबार भने चाँदीको मूल्य तोलाको १ हजार ९ सय ६० रुपैयाँ थियो ।
नेपाली बजारमा तिहारअघिसम्म सुनचाँदीको मूल्य तीब्र रुपमा बढिरहे पनि पछिल्लो साता क्रमश ओरालो लागेको छ ।