काठमाडौं : अभिनेत्री निशा अधिकारीले एक अर्काको सम्पत्तिमा नजर नरहेको प्रष्टीकरण दिएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै शरदको सम्पत्तिमा नजर नरहेको प्रष्टीकरण दिएकी हुन् ।
उनले आफूहरुले एकअर्काबाट पैसा नलिने समेत उल्लेख गरेकी छन् । कानूनमा आमा र बुवा दुबैको सबै कुरा भाग लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै निशाले कानूनी उपचार आफ्नो व्यक्तिगत रहेको बताएकी छन् ।
दुबैको धनसम्पत्तिमा दुईटैको नजर नरहेको उल्लेख गर्दै निशाले छोरा र छोरीलाई बराबर अंश दिने प्रावधानको स्मरण गराएकी छन् ।
उनी लेख्छिन्- ‘छोराको बुवा र मैले एक अर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रकृया अगाडी बढेको हो, तसर्थ एक अर्काको धन सम्पत्तिमा दुवैको नजर छैन ।’
निशाले विसं २०७९ साल भदौमा पतिसँग सम्बन्धविच्छेद नगरी छोरा युभान र आफ्नो अंशवापत शरदबाट तीन भागमा दुई भाग सम्पत्ति पाउनुपर्ने दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।
न्यायाधीश शिशिर ढकालको एक इजलासले निशाको सो माग दाबीमा इन्कारी फैसला सुनाएको छ । फैसलामा निशा र युभानले एक–एक भाग पाउने उल्लेख छ । फैसलाअनुसार युभान साबालक नभएसम्म उनको अंशको संरक्षक बुबाआमा दुवै हुनेछन् ।