काठमाडाैं : सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई फेसबुकको मातृ संस्था मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको छ । मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो ।
एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएका कारण मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको अर्यालले बताएका छन् ।
फेसबुक अकाउन्ट सुरक्षित राख्नका लागि टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुपर्ने अर्यालको सुझाव छ ।