पर्सा – पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको आजबाट बयान सुरू भएको छ।
पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू भएको हो ।
हिजो साँझ उनको स्वास्थ्य परिक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको हो ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाइ गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो ।
त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ । अब मंगलबार बिहानवाट उनको बिरगञ्जमा बयान सुरू भएको हो ।