काठमाडौं- नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
गत सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो । चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको बेइजिङबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘नेपाल र चीनविचमा आज ९ वटा समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ’ उनले भने ।
समझदारी र सहमतिमा उल्लेख भएका बुदाँहरूः
-टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी
-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान
-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल -विकास निर्माणसम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान -स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी
-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र