काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको हो । T
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो । साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए ।
उनले आफ्नो पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।