काठमाडौं- सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द भएको छ । सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरका अनुसार लिफ्ट बिग्रिपछि धरहरा केहि दिनअघिदेखि बन्द भएकाे हाे ।
२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।
बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा साँधैका लागि खुला गरिएको थियाे ।