काठमाडौं- आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै छ। विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नति गर्नका लागि विमानस्थल बन्द गर्नु परेको जनाएको छ। शुक्रवारबाट करिब ५ महिनासम्म विमानस्थल विस्तार हुने भएकोले यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने हुँदा कात्तिकमै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको उनको भनाइ छ।