विराटनगर- कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।
बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले मुख्य मन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका हुन ।
मन्त्री अधिकारी मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका थिए । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिएकाे स्रोतले बतायाे ।