काठमाडौं – काठमाडौं महानगरपालिकाले नेपाल र बंगलादेशबीच बुधबार साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने भएको छ ।
महानगरपालिकाको टुँडिखेल, सानौ गौचरण र सिफल चौरमा खेल लाइभ गर्ने तयारी भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ।
मेयर बालेनको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले दिएको जानकारी अनुसार, लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको छ।
साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।