काठमाडौं- निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनकाे तालिका सार्वजनिक गरिसकेकाे छ । मिति घाेषणापछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पनि यतिबेला उपनिर्वाचनको तयारीमा जुटेको छ । आज मंगलबार राप्रपाले किर्तिपुरमा उपनिर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम गरेकाे छ ।
त्यसैबीच अन्तर्गत कीर्तिपुर नगरपालिकामा राप्रपाकातर्फबाट नगरप्रमुखमा ई. ध्रुव महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि सुरेन्द्र उप्रेती, वडा नम्बर ४ को अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा गरिएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा ठूलो संख्यामा युवाहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश पनि गरेका छन् । कीर्तिपुर नगरको उपचुनावका लागि पार्टीले आजै चुनावी प्रचार कार्यालय पनि उद्घाटन गरेको छ ।