दाङ — बलात्कार आरोपमा पक्राउ परेका एकजना सशस्त्र प्रहरी हिरासतमै मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीस्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैयाले हिरासतमै आत्महत्या गरेका हुन्।
वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोमवार बिहान आफुले लगाएको कपडाले घाँटीमा पासो लगाएका थिए।
उनले गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेका थिए ।
गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित सशस्त्र प्रहरी बल ज्वाला माइगणका दुई सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिइएको थियो।
दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।
सोही आरोपमा सोही गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर पनि पक्राउ परेका छन् ।