काठमाडौं – रानीवनबाट नेपाली सेनाका एक सिपाही पेस्तोलसहित पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले शनिबार नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट एक सिपाहीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन् ।
उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचनाको आधारमा पुगेका प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट यूएसए लेखिएको पेस्तोल बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।