कास्की- कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि ६ अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो । गत शुक्रबार केन्द्रीय कार्यालय च:मतिबाट लामिछाने पक्राउ परेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा लगेको संसदीय विशेष समितिले ठहर गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएको छ ।