पोखरा- सहकारीको रकम अपचलन संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई अदालत लगिएको छ ।
म्याद थपका लागि केहीबेर अघि यी दुईलाई जिल्ला अदालत कास्की पुर्याइएको हो । लामिछाने गत शुक्रबार र छवि असोज ६ गते काठमाडौँबाट पकाउ परेका हुन् ।
आइतबार उनलाई अदालतमा उपस्थित गराउँदा ६ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद बुधबार सकिएपछि पुन: अदालतमा उपस्थित गराइएको हो।
पोखराको सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा लगेको संसदीय विशेष समितिले ठहर गरेपछि अनुसन्धानका लागि पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएको छ ।