काठमाडौं – पार्टी कार्यालय बनाउन भन्दै नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गाविरुद्धको विषय सर्वोच्च अदालतमा पुगेको छ ।
एमालेले पाएको दाने जग्गा खारेज गराउन सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले सर्वोच्चमा रिट हालेका हुन् । सो रिटको पेशी भोलिको लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ ।
उक्त भवनमा निर्माण रोक्नु भनी पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ।