जनकपुरधाम : जनकपुरमा जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको थियाे ।
साेही स्थानमा जलिरहेको अवस्थामा १० महिने उनको छोरी माही जीवितै फेला परेकी थिइन् । उनकाे उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया प्रियंका महतोको रहेको खुलेको थियाे ।