काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो । २०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको स्रोत खुल्न आएको कुल आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएर अहिले पनि बहालवाला गाउँपालिका प्रमुखका रुपमा बहाल छन् ।