काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।सोमबार छापावाल सुन तोलाको १ लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आज चाँदी तोलामा १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।