पोखरा : सूर्यदर्शन सहकारीका बचतकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्।
शुक्रबार पोखरा आएका ओलीलाई सहकारीका बचतकर्ताले दोषीलाई कारबाही गर्दै रकम फिर्ताको मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गरेर निस्कने क्रममा पोखरा सभागृहमा बचतकर्ताको तर्फबाट सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले ज्ञापनपत्र बुझाए।
सहकारीका अध्यक्ष जिबी राईलाई पक्राउ गरी न्याय दिलाइदिन ओलीलाई ज्ञापनपत्र बुझाएको संयोजक श्रेष्ठले बताए। ‘सहकारीका सञ्चालक जीबी राई भन्ने व्यक्तिको विषयमा सिंगो राज्य, प्रहरी प्रशासन निकम्मा बनिरहेको अवस्था छ। होइन भने तपाईको सम्पूर्ण राजनीतिक जीवनको अनुभवको आधारमा तपाईंले चलाएको सत्ता शासनको आधारमा भन्नुपर्दा केही हामी पीडितले न्याय पाउनुपर्ने होइन र?’ ज्ञापनपत्रमा भनिएको छ।