बाँके – बाँकेमा एक दम्पती घाँटी रेटिएको अवस्थामा फेला परेका छन्।
खजुरा गाउँपालिका– ३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया पत्नि घाँटी रेटिएको गम्भीर अवस्थामा फेला परेका हुन्।गम्भीर घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको टोलीले उद्धार गरी उपचारका लागि भेरी अस्पताल पुर्याएको थियो ।अहिले उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज लगिएको छ ।दुवै जना बेहोस् रहेका कारण घटनाका बारेमा थप खुल्न बाँकी रहेको छ ।