काठमाडौं : मेडिकल व्यवसायी विशाल पण्डितविरूद्द मुद्दा परेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
लाइफलाइन ट्रेड प्रालि र हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक पण्डितले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगै बुटिक होटेल ‘बसेरा’ सञ्चालन गरिरहेका छन् ।