काठमाडाैं : गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईले हतियार राख्न पाएको अनुमति(लाइसेन्स)को सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मन्त्रालयका उपसचिव ऋषि पौडेल, प्रहरी उपरिक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरेको हो ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
चैत ५ गते प्रसाईका अंगरक्षक दीपक खड्का र रामकुमार धिमार सर्वोच्च अदालत परिसरबाट आधुनिक हतियारसहित पक्राउ परेका थिए ।