काठमाडौं : अब इसेवाको प्रयोग गरेर भारतीय नागरिकले नेपालमा रकम तिर्न सक्ने भएका छन् । यो सुविधाबारे इसेवाले एक सूचनामार्फत जानकारी दिएको हो ।
कम्पनीका अनुसार इसेवाबाट फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमा जोडिएका नेपाली व्यवसायीहरुले अब भारतीय पर्यटकहरुसँग नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) मार्फत सिधै इसेवाबाट प्रदान हुने फोनपे क्यूआरमा भुक्तानी पाउन सक्नेछन् ।भारतीय पर्यटकहरुबाट फोनपे, भीम एप र गुगल पेबाट भुक्तानी पाउन सक्ने कम्पनीले जनाएको छ ।
यो सेवा इसेवामार्फत फोनपे क्यूआर मर्चेन्ट संजालमा जोडिएका मर्चेन्टहरुका लागि मान्य हुने कम्पनीले जनाएको छ । यो सेवा उपयोग गरेको सेवा शुल्क लाग्ने कम्पनीले उल्लेख गरेको छ ।
नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट सुरु भएसँगै भारतीय पर्यटकहरुले नेपालमा क्यूआरमार्फत सजिलै भुक्तानी दिन पाउने व्यवस्था भएको हो ।