पोखरा : केन्द्रमा बदलिएको सत्ता गठबन्धनको परकम्प प्रदेशहरुमा पनि देखिन थालेको छ । गण्डकीमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मंगलबार विहानै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री बनेकी सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
१५ बैशाखमा सिम्खडा सामाजिक विकास मन्त्री भएकी थिइन् भने १९ बैशाखममा जुग्जाली भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीले सम्हालेका दुवै मन्त्रालय आफैसँग राखेका छन् ।