काठमाडौं : हङकङमा आयोजना हुने टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।
रोहितको कप्तानीमा घोषणा गरिएको टिममा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, सन्दीप जोरा, प्रतिश जिसी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, विवेक यादव, सागर ढकाल, रासिद खान, आकाश चन्द र लोकश बम परेका छन् ।
तर, नियमित ओपनर ब्याटर आसिफ शेख, फास्ट बलर सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र अनिलकुमार साहलाई भने टिमबाहिर राखिएको छ । क्यानका अनुसार उनीहरूलाई विश्राम दिइएको हो ।
हङकङमा नेपालले पपुवा न्युगिनी र हङकङसँग त्रिदेशीय टी-२० शृंखला खेल्नेछ । नेपालले पहिलो खेल आयोजक हङकङसँग मार्च ९ मा र दोस्रो खेल १२ तारिखमा हङकङसँगै खेल्नेछ । यस्तै, नेपालले तेस्रो खेल पपुवा न्युगिनीसँग मार्च १२ मा खेल्ने छ ।