मुम्बई : दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।
सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् ।सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो । उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन् ।