जनकपुरधाम : सिरहाको लहानमा नाबालिगमाथि बलात्कार भएकाे छ ।
‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिग बलात्कार गरेको आरोपमा लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव पक्राउ परेका छन् । उनले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।
बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए ।
बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।