काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एएसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए । यो रकम ९५ लाख ६ हजारभन्दा बढी नेपाली रुपैँया हुने प्रहरीले जनाएकाे छ ।
विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको थियो।पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ।