काठमाडौं : गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ।
आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ ।
उजुरीको विषयमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आज दुवै पक्षलाई छलफलमा बोलाएको छ ।