काठमाडौं : काठमाडौंमा हुने त्रिदेशीय टी-२० शृङ्खलाका लागि नेपाल क्रिकेट संघले नेपाली टोली घोषणा गरेको छ ।
कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा मंगलबारदेखि शुरू हुने शृङ्खलामा नेपाल, नेदरल्यान्डस् र नामिबिया प्रतिस्पर्धा गर्नेछन् । आइसीसी पुरुष विश्वकप लिग-२ का लागि नेदरल्यान्डस् र नामिबिया नेपालमा भ्रमण आएका हुन् ।
शृङ्खलाका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको हो । नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा छन् ।