काठमाडौं : आईसिसी विश्व लिग–२ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ ।
कीर्तिपुरमा जारी त्रिदेशीय खेलमा नेपाल नामिबियासँग दोसोपटक पराजित भएको हो ।यसअघि पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आजको खेलमा २ विकेटले पराजित भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा १६८ रन बनाउँदै सबै विकेट गुमाएपछि १६९ रनको लक्ष्यका साथ ब्याटिङका लागि मैदानमा उत्रिएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेपछि नेपालको पहिलो खेलको बदला लिने आशा तुसारापात भएको थियो ।नामिबियाका लागि गेरहार्ड इरासमसले ५२ रन बनाएका थिए भने माइकले मान लिङदेनले ३१ रन बनाएका थिए । जेजे स्मिथले ३४ रन बनाए ।नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिएका थिए भने दिपेन्द्र सिं ऐरी, कुशल मल्ल, रोहित पौडेल, ललित राजवंशीले १/१ विकेट लिएका थिए ।त्यसअघि नेपालका लागि आशिफ शेखले अर्धशतकीय पारीका साग ५८ रन बनाएका थिए भने कुशल मल्लले ३६ न बनाएका थिए । त्यस्तै भिस सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेलले १८ रन बनाएका थिए ।नेपालले यसअघि पहिलो खेलमा पनि नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको जित हात पारेको थियो ।