काठमाडौं : ६९ औं फिल्मफेयर अवार्डमा ‘ट्वेल्थ फेल’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सोही फिल्मका लागि विधुविनोद चोपडालाई सर्वोत्कृष्ट निर्देशकको अवार्ड दिइयो भने सर्वोत्कृष्ट पटकथाको अवार्ड पनि यो फिल्मले आफ्नो पोल्टामा पार्यो ।
विधु विनोद चोपडाको निर्देशनमा बनेको यो फिल्मले अन्य श्रेणीमा पनि अवार्ड हात पार्यो । निर्देशक विदु विनोदले सर्वश्रेष्ठ निर्देशकको अवार्ड पाएका छन् ।
उत्कृष्ट स्क्रिनप्ले र उत्कृष्ट मुभी एडिटिङको श्रेणीमा पनि १२ वी फेलले नै उपाधि उचाल्यो ।यस्तै ‘एनिमल’बाट रणवीर कपुरले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए भने ‘रकी और रानीकी प्रेम कहानी’बाट आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।