काठमाडौं : भारतको हरियाणास्थित सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट जाँदै गरेको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका पाँच नेपाललाई ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ४ युवाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । कारमा सवार तीन युवक पनि गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाएका युवाको सनाखत भएको छ। मृत्यु हुनेमा अमर मगर र कमलबहादुर खत्री रहेका छन् । उनीहरु नेपालको ओखलढुंगाको मोलुङ गाउँपालिका ४ का हुन्।
दुइ मृतक दलबहादुर रायमाझी अर्घाखाँची र अर्जुन सुनुवार सर्लाहीका हुन्। उनीहरुका एक साथी दिलबहादुर गम्भीर घाइते भएका छन् । उनी पनि ओखलढुंगाकै हुन् । सबैजननेपाली वेटरको काम गर्ने गरेको बताइएको छ ।
कारमा सवार युवा ऋतिक, मोहित र अरुण पनि गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि रोहतक पीजीआईमा रिफर गरिएको छ ।