काठमाडौं : अहिले विश्वभरका २६ अर्ब अकाउन्टका डेटा लिक भएको खबर बाहिर आएको छ । यसलाई विश्वमै हालसम्मको ठूलो डेटा लिकको घटना भएको बताइएको छ ।
अर्बौंको संख्यामा विभिन्न अनलाइन अकाउन्टहरु ह्याक भएपछि साइबर अपराधसँग सम्बन्धित चिन्ता बढेको छ । विशेषगरी टेन्सेन्ट, विबो, टेलिग्राम, ड्रपबक्स लिंक्डइन, स्नापच्याट, भेन्मो, एडोब र ट्वीटर लगायतका अकाउन्टको डेटा लिक भएको बताइएको छ ।
यी विवरणको सहयोगमा ह्याकर तथा साइबर अपराधीहरुले विभिन्न खालका साइबर आक्रमण गर्ने विज्ञले बताएका छन् ।
आफ्नो नाउँका डेटाहरु पनि छन् कि भन्ने जान्न मन छ भने तपाईंले सजिलैसँग त्यो पत्ता लगाउन सक्नुहुन्छ । त्यसका लागि https://cybernews.com/personal-data-leak-check/ वेबसाइटमा गएर आफ्नो इमेल ठेगाना हालेर हेर्न सक्नुहुनेछ ।