काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका छन् ।
प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको विवाद चलिरहेको समयमा अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।
उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् ।