मोरङ : मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
सुन्दरहरैंचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनमा १० देखि १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको हो ।सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयले बताएका छन् । तर, डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले पोस्टमार्टम गरेपछि मात्र गोली लागे नलागेको थाहा हुने बताए ।घटनायसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।